बाघको आक्रमणबाट दिउँसै महिलाको ज्यान गएपछि डरले सुत्न सकेका छैनन् स्थानीय

बाघको आक्रमणबाट दिउँसै महिलाको ज्यान गएपछि डरले सुत्न सकेका छैनन् स्थानीय

काठमाडौं : बर्दियाको बाँसगढी नगरपालिका- ४ स्थित सामुदायिक वनमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएपछि स्थानीयहरूमा त्रासदी छाएको छ।

बिहीबार बाघले आक्रमणबाट बाँके बैजनाथ गाउँपालिका– ८ हस्नापुरकी ३५ वर्षीया मनीषा रोकायको ज्यान गएको थियो। जनचेतना सामुदायिक वनमा शौच गर्ने क्रममा दिउँसै पाटे बाघको आक्रमणबाट मनीषाको मृत्यु हो। त्यसयता पूरा गाउँ त्रासले जाग्राम छ।

'हामी रातभरि सुतेका छैनन्', स्थानीय रमा रोकाले भनिन्, 'सामुदायिक वनमा आएको बाघले घरमै आक्रमण गर्ने त्रासले जाग्राम छौं।'

डिभिजन वन प्रमुख प्रवीण बिडारीले बाघको पहिचान खुलिसकेको बताए। क्यामरामा कैद भएको बुढो पोथी बाघ रहेको खुलेको छ।

बाघ घटनास्थल नजिक घुमिरहेकाले अर्को अप्रिय घटना नहोस् भन्ने उद्देश्यले सजगता अपनाएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले बताए।

बर्दिया निकुञ्ज क्षेत्रभन्दा बाहिर बाघको आक्रमणबाट पाँच जनाको ज्यान गइसकेको छ। 

जेठ १२, २०८१ शनिबार १६:४१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।