२७ वर्षपछि काजोल र प्रभुदेवाको पुनर्मिलन

एजेन्सी : तेलुगु फिल्म निर्माता चरण तेज उप्पलतिको असाधारण सिनेमा भिजनका लागि चिनिन्छन्। उनी अब हिन्दीमा लामो समयदेखि प्रतीक्षित रहेको निर्देशकीय जिम्मेवारीको सुरुवात गर्ने तयारीमा छन्। उनी एक हाई बजेट एक्सन थ्रिलरको काममा व्यस्त छन्।
फिल्ममा काजोल, प्रभुदेवा, नसीरुद्दीन शाह, संयुक्ता मेनन, जीशु सेन गुप्ता र आदित्य सीलको अभिनय रहनेछ।
काजोल र प्रभुदेवा २७ वर्षपछि उप्पलतिको फिल्ममा पुनर्मिलन गर्दैछन्। काजोल र प्रभुदेवाले २७ वर्षअघि अर्थात् सन् १९९७ मा राजीव मेननको तमिल भाषी फिल्म ‘मिनसारा कानाभु’मा सहकार्य गरेका थिए। यसको हिन्दी भर्सन फिल्म ‘सपने’ हो।
फिल्मको पहिलो सेड्युल पुरा भएको छ। निर्माताहरू चाँडै नै टिजर सार्वजनिक गर्ने तयारीमा जुटिसकेका छन्। यो महत्वकांक्षी फिल्ममा उच्च प्राविधिक टोली हुनेछ।
जसमा फोटोग्राफी निर्देशकका रुपमा जीके विष्णु, संगीत निर्देशकमा हर्षवर्धन रामेश्वर र सम्पादकमा नवीन नूली छन्। फिल्मको पटकथा निरन्जन अयंगर र जेसिका खुरानाले लेखेका छन्।
जेठ १२, २०८१ शनिबार १५:२९:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।