बसको ठक्करबाट हेटौंडामा पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट हेटौंडामा पैदलयात्रीको मृत्यु
सांकेतिक तस्बिर

हेटौंडा : हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा हाल परिचय नखुलेका अन्दाजी ३५/४० वर्षीय पुरुष रहेका छन्। हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङमा शुक्रबार राति सवा १० बजे दुर्घटना भएको हो।

मकवानपुरको हेटौंडाबाट चितवन जाँदै गरेको ना ७ ख १६७५ नम्बरको बसको ठक्करबाट ती पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दिउँसो ११ बजे शवलाई हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ।

ठक्कर दिने बस र चालक रौटहटको चन्द्रनिगाहपुर नगरपालिका-१ पौराही बस्ने ५८ वर्षीय कृष्णबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जेठ १२, २०८१ शनिबार १०:२२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।