राजस्थानलाई ३६ रनले हराउँदै आईपीएलको फाइनल पुग्यो हैदरावाद

राजस्थानलाई ३६ रनले हराउँदै आईपीएलको फाइनल पुग्यो हैदरावाद

काठमाडौं : सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग आईपीएलको फाइनलमा पुगेको छ।

शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदरावाद फाइनल प्रवेश गरेको हो।

अब हैदरावादले आइतबार बेलुकी उपाधिका लागि कोलकाता नाइट राइडर्ससँग भिड्नेछ।

चेन्नईको चेपकमा टस हारेर पहिला ब्याटिङमा तानिएको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ रन बनायो।

उसका लागि हेनरिच क्लासेनले ३४ बलमा ५० रनको अर्धशतकीय पारी खेले। राहुल त्रिपाठीले १५ बलमा ३७ रनको विस्फोटक पारी खेले।

ट्रेभिस हेडले ३४ रन बनाउँदा सहबाज अहमदले १८, अभिषेक शर्माले १२ रन जोड्दा नीतिश कुमार रेड्डीले पाँच रन जोडे।

राजस्थानका लागि ट्रेन्ड बोल्ट र आवेश खानले समान तीन–तीन विकेट लिँदा सन्दीप शर्माले दुई विकेट हात पारे।

१७६ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धारित ओभरमा सात विकेट गुमाएर १३९ रनमा समेटियो।

उसका लागि ध्रुव जुरेलले अविजित रहँदै ५६ रनको अर्धशतकीय पारी खेले।

यशस्वी जयसवाल ४२ रनमा आउट हुँदा टम कोहलर क्याडमोर र सन्जु सामसनले समान १०-१० रन जोडे। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

हैदरावादका लागि सहबाज अहमदले तीन विकेट लिँदा अभिषेक शर्माले दुई विकेट हात पारे। त्यसबाहेक कप्तान प्याट कमिन्स र थङ्गासरु नटराजनले समान एक-एक विकेट लिए। 

जेठ १२, २०८१ शनिबार ०७:०९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।