केयुमा एक हप्ते प्राज्ञिक कार्यक्रम

केयुमा एक हप्ते प्राज्ञिक कार्यक्रम

काभ्रे : काठमाडौँ विश्वविद्यालयको स्कुल अफ आर्ट्स अन्तर्गत भाषा तथा आम सञ्चार विभागले जेठ पाँच गतेदेखि ११ गतेसम्म एक हप्ता अन्तर्राष्ट्रिय शैक्षिक ज्ञान आदान–प्रदान कार्यक्रम आयोजना गर्यो।

भाषा तथा आम सञ्चार विभागका सह–प्राध्यापक डा. काशीराज पाण्डेको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो। नेपालस्थित अस्ट्रेलियाली दूतावासको सहयोग तथा अल्मनाई संस्था र अनासँगको सहकार्यमा प्राज्ञिक तहको सो शैक्षिक ज्ञान आदान–प्रदान गर्ने कार्यक्रम सञ्चालन भएको डा.  पाण्डेले जानकारी दिए।

अष्ट्रेलीस्थित कर्टिन विश्वविद्यालयबाट आएका डा. केटलिन मालिङ र डा. पेर हेनिंसगार्डले शोधपत्र लेखन, अनुसन्धान विधि तथा पद्धति, अनुसन्धानमा नैतिकता, सृजनात्मक लेखन, जर्नल लेखन, सम्पादन, समालोचनात्मक लेखन लगायत अनुसन्धानात्मक तथा प्राज्ञिक तहका लेखन जस्ता विषयमा प्रशिक्षण दिएका थिए।

गरिरहेका सो कार्यक्रममा विद्यावारिधि गरिरहेका विद्यार्थीलगायत सहभागी थिए। यस्ता प्राज्ञिक ज्ञान आदान–प्रदान कार्यक्रमले अस्ट्रेलिया र नेपाली प्राज्ञिक समुदायबीच थप प्राज्ञिक बहस अगाडी बढाउन मद्दत मिल्ने कार्यक्रमका संयोजक डा. पाण्डेले बताए।

जेठ ११, २०८१ शुक्रबार २०:२५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।