सिरोहियाको हिरासतको अवधि तीन दिन थपियो

सिरोहियाको हिरासतको अवधि तीन दिन थपियो

काठमाडौँ : नागरिकतामा देखिएको कैफियतमा अनुसन्धानका लागि धनुषा प्रहरी कार्यालयको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको हिरासतको अवधि तीन दिन थपिएको छ। पहिलो पटक पाएको तीन दिनको म्याद सकिएपछि प्रहरीले उनलाई शुक्रवार अदालतमा हिरासतमा राख्ने थप म्यादका लागि पेस गरेको थियो।

सिरोहियाको पक्षमा वकालत गर्न शम्भु थापासहितका १२ बढी वरिष्ठ अधिवक्ताकहरु शुक्रवार धनुषा गएर उनलाई न्यायिक हिरासतमा राख्नुको कारण नभएको तर्क गरेका थिए। सिरोहियाको पक्षबाट थापासँगै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, शेरबहादुर केसी, गोविन्द शर्मा बन्दी र टिकाराम भट्टराईले समेत बहस गरेका थिए। अधिवक्तहरु रमणकुमार कर्ण, किशोर पौडेल र दीपेन्द्र झाले समेत न्यायीक हिरासतमा राख्नुपर्ने कारण नभएको तर्कसहित बहस गरेका थिए।

सरकारी पक्षले अनुसन्धान बाँकी नै रहेकाले थप अवधि हिरासतमा राख्न पाउन गरेको माग गरेपछि न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलाशले तीन दिन थप न्यायिक हिरासतमा राख्न अनुमति दिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको जाहेरीका आधारमा जिल्ला अदालतल धनुषाले पक्राउ अनुमती दिएपछि प्रहरीले मंगलबार सिरोहियालाई थापाथलीस्थित कान्तिपुर कार्यालयमा पक्राउ गरेर धनुषा पुर्याएको थियो। बुधबार अदालतले तीन दिन न्यायीक हिरासतमा राख्न अनुमती दिएको थियो। 

जेठ ११, २०८१ शुक्रबार १८:४३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।