‘कांग्रेस तयार नभए संविधानले दिएको बाटो प्रयोग गरेर बजेट आउँछ’

‘कांग्रेस तयार नभए संविधानले दिएको बाटो प्रयोग गरेर बजेट आउँछ’
फाइल तस्बिर

काठमाडौं : एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले सदन सुचारु गर्न तयार नभए सरकारले संविधानले दिएको बाटो प्रयोग गरेर बजेट ल्याउने बताएका छन्।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै १५ गते सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेको बताए।

उनले भने, ‘कांग्रेसले यो संवैधानिक बाध्यता बुझ्नुपर्छ। यदि संवैधानिक बाध्यता बुझेर हाउसलाई सहज गरेर भने पनि सरकारले बजेट त ल्याउनै पर्छ। सरकारले संविधानले दिएको बाटो प्रयोग गरेर बजेट ल्याउनुपर्ने बाध्यता निर्माण हुन्छ। त्यसो भए त्यसको सम्पूर्ण जिम्मेवारी कांग्रेसले लिनुपर्छ।’

उनले कांग्रेसले वार्तामा बस्दा समेत सदन र सडकमा समेत आन्दोलन गरेर मुठभेडको बाटोमा जान खोजेको आशंका व्यक्त गरे।

जेठ ११, २०८१ शुक्रबार १४:१९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।