उकेराका सिइओ नेपाललाई मातृशोक

उकेराका सिइओ नेपाललाई मातृशोक

काठमाडौं : पाथसिड नेपाल प्रालिद्वारा प्रकाशित उकेरा डटकमका सीईओ नवराज नेपाललाई मातृशोक परेको छ।

शुक्रबार उनको ९१ वर्षीय आमा शिवमाया नेपालको निधन भएको हो।

इलाम सूर्योदय नगरपालिका वडा नम्बर ११ मा रहेको निवासमा बिहान १० बजे उनको निधन भएको हो।

नेपालको वैदिक विधि अनुसार आजै सिद्दिखोला घाटमा दाहसंस्कार गरिने परिवारले जानकारी दिएका छन्।

शिवमायाको असामयिक निधनबाट शोकमा रहेका नेपाल परिवारप्रति उकेरा परिवार हार्दिक समवेदना व्यक्त गर्दछ।

जेठ ११, २०८१ शुक्रबार १२:००:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।