पपुवा न्यू गिनीमा पहिरोमा परेर एक सय जनाको मृत्यु

पपुवा न्यू गिनीमा पहिरोमा परेर एक सय जनाको मृत्यु

एजेन्सी : पपुवा न्यू गिनीको एक दुर्गम गाउँमा ठूलो पहिरो जाँदा एक सयभन्दा धेरै मानिसको मृत्यु भएको छ।

अष्ट्रेलियाको सरकारी मिडिया एबीसीको रिपोर्टका अनुसार घटनामा १०० जनाको मृत्यु भएको छ। यद्यपि आधिकारिक तथ्यांक भने अहिलेसम्म खुलाइएको छैन।

गाउँलेहरूले भग्नावशेषबाट शव निकालिरहेका छन्। इन्गा प्रदेशको काओकलाम गाउँमा बिहान ३ बजे पहिरो गएको हो।

पोर्गेरा वुमन इन बिजनेस एसोसिएसनकी अध्यक्ष एलिजाबेथ लारुमाले एबीसीसँग कुरा गर्दै पहाडमा पहिरोका कारण घरहरू ध्वस्त भएको बताइन् ।

उनले भनिन्, ‘दुर्घटना पूरै गाउँका मानिसहरू सुतिरहेका थिए। मेरो विचारमा १ सय भन्दा बढी मानिस पुरिएका छन्।’

जेठ ११, २०८१ शुक्रबार ११:२२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।