सुनको मूल्य १८ सयले घट्यो

सुनको मूल्य १८ सयले घट्यो

काठमाडौं : साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य एक हजार आठ सय रुपैयाँले घट्दा चाँदी तोलामा १० रुपैयाँले ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य एक लाख ३६ हजार ९ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुन तोलाको एक लाख ३६ हजार २५० रुपैयाँ हुँदा चाँदी एक हजार ८ सय ५५ रुपैयाँ कायम भएको छ।

बिहीबार छापावाल सुन तोलाको १ लाख ३८ हजार ७ सय रुपैयाँ हुँदा चाँदी तोलाको एक हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो।

जेठ ११, २०८१ शुक्रबार ११:०२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।