सिंगापुरको एयरलाइन्सको विमानमा गम्भीर टर्ब्युलेन्स हुँदा एक जनाको मृत्यु, २२ जनाको मेरुदण्डमा चोट

सिंगापुरको एयरलाइन्सको विमानमा गम्भीर टर्ब्युलेन्स हुँदा एक जनाको मृत्यु, २२ जनाको मेरुदण्डमा चोट
अस्पतालका निर्देशक समितेज श्रीनाकरिन

एजेन्सी : सिङ्गापुर एयरलाइन्सको विमानमा गम्भीर टर्ब्युलेन्सका कारण एक जनाको मृत्यु भएको छ।

मंगलबार लन्डनबाट सिंगापुरको लागि उडेको विमानमा गम्भीर टर्ब्युलेन्सका कारण ७३ वर्षीया ब्रिटिश नागरिक जियोफ किचेनको मृत्यु भएको हो।

टर्ब्युलेन्सका कारण दुई वर्षीय बालकसहित २२ जनाको मेरुदण्डमा चोट लागेको छ।
 
उनीहरूको बैंककको एक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका निर्देशक समितेज श्रीनाकरिनले जानकारी दिए। जसमध्ये छ जनाको अवस्था गम्भीर छ।

लण्डनबाट उडेको यो विमानले मंगलबार थाइल्याण्डमा आपतकालीन अवतरण गरेको थियो। जम्मा ४६ यात्रु र दुई जना चालक दलका सदस्यको अझै पनि बैंककमा उपचार भइरहेको एयरलाइन्सले जनाएको छ।

विमान अचानक तल झरेपछि सिट बेल्ट नलगाएका मानिसहरू छतमा ठोक्किएको विमानमा सवार यात्रुहरूले बीबीसीलाई बताएका छन्।

४१ जना यात्रु अझै पनि त्यहाँ रहेको र आधालाई सघन उपचार कक्षमा राखिएको श्रीनाकरिने जानकारी दिए।

जेठ ११, २०८१ शुक्रबार १०:४२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।