विश्वकप तयारीका क्रममा दीपेन्द्रसिंह ऐरी घाइते

विश्वकप तयारीका क्रममा दीपेन्द्रसिंह ऐरी घाइते

काठमाडौं : विश्वकप तयारीका लागि अमेरिकामा रहेका नेपाली राष्ट्रिय टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरी घाइते भएका छन्।

वेस्ट इन्डिजमा विन्डिज भोल्क्यानोजविरुद्धको तेस्रो खेलमा ऐरी घाइते भएका हुन्।

घाइते भएसँगै उनी आज हुने ह्युस्टन हुरिकेन्सविरुद्धको पहिलो खेलमा सहभागी नहुने भएको कप्तान रोहित पौडेलले जानकारी दिए।

उनले भने, ‘दिप्पी दाइ इन्जुरी हुनुभाको थियो। अहिले चैँ फिट भइसक्नुभयो। आउने दुई÷तीन दिन लाग्छ अझै रिकभरी हुन।’

आफूहरू खेलका लागि तयार रहेको तथा वेस्ट इन्डिज र अमेरिकासँगको वातावरणमा घुलमिल भइसकेको उनको भनाइ छ।

विश्वकप हुने मैदानमै नेपालले ह्युस्टन हुरिकेन्ससँगको खेल हुँदैछ।

जेठ ११, २०८१ शुक्रबार १०:०६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।