सीएफ मोटोको टेष्ट ड्राइभ तथा बुकिङ्ग शुरु

सीएफ मोटोको टेष्ट ड्राइभ तथा बुकिङ्ग शुरु

काठमाडौं : दुई पाङ्गे ब्रान्ड सीएफ मोटो तथा जीहो ब्रान्डका नेपालको लागि आधिकारिक वितरक रिलायन्स गु्रप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले विभिन्न मोडलहरूको टेष्ट ड्राइभ तथा बुकिङ्ग खुल्ला गरेको छ।

टेस्ट ड्राइभ तथा बुकिङ्गका लागि नक्साल झम्सीखेल तथा सल्लाघारी स्थित आधिकारिक शोरुममा गर्न सकिने जानकारी कम्पनीले जनाएको छ।

सीएफ मोटोको उत्पादनहरूको बिक्री वितरण, स्पेयर पार्टसको उपलब्धता, आफ्टर सेल सर्भिस र ग्राहकहरूलाई सुविधा दिने उदेश्यले रिलायन्स ग्रुप नयाँ आधिकारिक विक्रेताको रुपमा छनोट भएको हो।

विभिन्न उमेर समूह लक्षित सीएफ मोटोका उत्पादन र विद्युतीय सवारी साधन रोज्नेहरूका लागि जीहो ब्रान्डले नेपालमा नयाँ कोशेढुङ्गा स्थापित गर्ने विश्वास कम्पनीको विश्वास छ।

जेठ ११, २०८१ शुक्रबार ०८:४९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।