नयाँ बानेश्वरमा टिभिएसको नयाँ शोरुम

नयाँ बानेश्वरमा टिभिएसको नयाँ शोरुम

काठमाडौं : सान्भी अटो लिङ्कले नयाँ बानेश्वरमा टिभिएस नयाँ शोरुम उद्घाटन गरेको छ।

बिहीबार दिउँसो हास्य कलाकार सन्दिप क्षेत्री र भक्तपुर-२ का सांसद् दुर्लभ थापाले रिबन काटेर शोरूमको उद्घाटन गरेका थिए।

कार्यक्रममा व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै टिभिएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने आफूहरूको प्रतिबद्धता रहेको सान्भी अटो लिङ्कका संचालक श्रीकृष्ण थापाले बताए।

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जाल छ।

जेठ ११, २०८१ शुक्रबार ०८:०८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।