उजुरीकै आधारमा व्यवसायी पक्राउ नगर्न तीन संस्थाको आग्रह

उजुरीकै आधारमा व्यवसायी पक्राउ नगर्न तीन संस्थाको आग्रह

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको अनुसन्धानमा पक्राउ गरेकोमा आपत्ति जनाएका छन्। 

बिहीबार निजी क्षेत्रका उद्योगी व्यावसायिकहरूका तीन वटा ठुला सङ्गठनले संयुक्त विज्ञप्तिमार्फत कानुन विपरीत काम गरेको प्रमाणित भए जोकोही कारबाहीको भागिदार हुनुपर्ने भन्दै भन्नेमा तर उजुरी परेकै भरमा पक्राउ गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उल्लेख गरेका छन्।

'नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाइको मौका दिनुपर्ने भन्दै आइरहेका छौँ' विज्ञप्तिमा भनिएको छ' उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरूका कुरा सुनिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो।

उनीहरूले थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भन्दै आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न आग्रह गरेका छन्।

जेठ १०, २०८१ बिहीबार १७:१०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।