हल भरिँदा आफ्नै फिल्म हेर्न पाएनन् अभिनेता अनमोलले

हल भरिँदा आफ्नै फिल्म हेर्न पाएनन् अभिनेता अनमोलले

काठमाडौँ : छड्के २ को असफलतापछि अनमोल केसीले अभिनय गरेको फिल्म ‘फर्की फर्की’ले रिलिज लगत्तै सकारात्मक प्रतिक्रिया पाएको छ।

बुधवार साँझ प्रिमियर गरिएको फिल्म बिहीबारबाट रिलिज भएको थियो। फिल्म हेरेका कलाकारहरूले कोरियन फ्लेवरको नेपाली फिल्म भएको प्रतिक्रिया दिएका थिए।

‘फिल्म प्राविधिक रूपमा राम्रो छ। निर्देशक सुयोग गुरुङ, नायक अनमोल केसी, नायिका जसिता गुरुङको काम धेरै राम्रो छ' कलाकार हरिवंश आचार्यले भने।

अभिनेत्री सुरक्षा पन्तले ‘बुलिङबाट स्टोरी बिल्डअप भएको र क्लाइमेक्सको टाइमिङ मन परेको प्रतिक्रिया दिइन्।

निर्देशक झरना थापाले अनमोलको अभिनय निखारिएकोमा खुसी लागेको बताएकी थिइन्। ‘अनमोलको अभिनयमा धेरै सुधार भएको महसुस गरेँ। सबै पक्षले फिल्म अब्बल छ’, उनले भनिन्।

अभिनेता सलोन बस्नेत, सलिनमान बनियाँले पनि अनमोलको कामको प्रशंसा गरे। अभिनेता अनमोल केसी आफैँले प्रिमियरमा फिल्म हेर्न भने पाएनन्। प्रिमियरका आगन्तुकहरूले नै हल भरिएपछि उनी बाहिरै रहे। फिल्म हेर्ने दर्शकहरूले फिल्ममा भएको टाइम लुपको कन्सेप्ट मन पराएको देखियो।

जेठ १०, २०८१ बिहीबार १६:१८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।