सीता एयरले ठक्कर दिँदा आफ्नै कर्मचारी घाइते

सीता एयरले ठक्कर दिँदा आफ्नै कर्मचारी घाइते

काठमाडौं : मुगुस्थित रारा ताल्चा विमान स्थलमा सीता एयरको ठक्करबाट एक जना घाइते भएका छन्। 

बिहीबार नेपालगन्जका लागि यात्रु भरेर उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते भएका हुन्। 

भाम विमानका पाइलटलाई विमान उडानका लागि संकेत (कम्युनिकेशन) गरिरहेका बेला चालकले बोलाएपछि विमानतर्फ जाँदैगर्दा विमान गुड्न शुरु गरेर विमानको अघिल्लो भागले ठक्कर दिँदा घाइते भएको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए। 

घाइते भइ अचेत अवस्थामा रहेका भामलाई सीता एयरकै विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ। 

१० जेठ, २०८१, १३:३०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।