१८ सयले घट्यो सुनको मूल्य

१८ सयले घट्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा एक हजार ८०० रूपैयाँले घटेर कारोबार भएको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेर कारोबार भएको छ। चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

हिजो चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

जेठ १०, २०८१ बिहीबार ११:४५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।