'हजार खोक्रा शब्दहरू भन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ' (फोटोफिचर)

'हजार खोक्रा शब्दहरू भन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ' (फोटोफिचर)
तस्बिर : नेपाल न्युज बैंक

काठमाडौं : आज २५६८ औँ बुद्ध जयन्ती। शान्तिका अग्रदूतका रुपमा विश्वभर परिचित सिद्धार्थ गौतमको सम्मानमा नेपालसहित विश्वभर मनाइँदैछ। भगवान विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका भनेर मानिने बुद्धको पूजा, आराधना एवं प्रवचन गरी नेपालमा विभिन्न कार्यक्रम हुँदैछन्। 

जयन्तीका अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ भने गौतम बुद्धको पवित्र जन्मभूमि क्षेत्र लुम्बिनीमा विभिन्न कार्यक्रम हुँदैछन्। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको छ। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्। 

आज बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गर्ने चलन छ। आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ। यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ। यस अवसरमा काठमाडौँ स्थित स्वयम्भू र बौद्धपरिसरमा पनि बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ। 

 

१० जेठ, २०८१, १०:०६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।