कोशी र मधेशसहित पहाडी क्षेत्रमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

कोशी र मधेशसहित पहाडी क्षेत्रमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं : आज काठमाडौं उपत्यकासहित देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ। जसको प्रभावले बिहानैदेखि कोसी र मधेश प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो पनि कोशी  र मधेश प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक दुई स्थानमा चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

जेठ १०, २०८१ बिहीबार ०७:४५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।