विकलविरुद्ध अख्तियारको चौथो मुद्दा, ६२ करोड अकुत सम्पत्ति आर्जनको दाबी

विकलविरुद्ध अख्तियारको चौथो मुद्दा, ६२ करोड अकुत सम्पत्ति आर्जनको दाबी

काठमाडौँ : पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियारले पौडेलमाथि ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको दाबी सहित बुधवार अभियोगपत्र दायर गरेको हो।

सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको ठहर्याउँदै मङ्गलवार मात्रै विशेष अदालतले उनलाई २ वर्ष कैद सजाय सुनाएको थियो। विशेष अदालतले उनीमाथि २५ करोड ४७ लाख बिगो असुल्नुपर्ने र त्यति नै रकम जरिवाना गर्नुपर्ने फैसला गरेको थियो।

पौडेल विरुद्ध अख्तियारले झुटा विवरण पेस गरी सरकारी पदमा पुगेको आरोपमा र सुरक्षण मुद्रण केन्द्रमा अनावश्यक सामान खरिद गरेको आरोपमा दायर गरेको मुद्दा विचाराधीन छन् ।

जेठ ९, २०८१ बुधबार २१:४३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।