राइटपाथको ‘ग्राण्ड एजुकेसन कन्क्लेभ’मा ७ हजार बढी विद्यार्थी सहभागी

राइटपाथको ‘ग्राण्ड एजुकेसन कन्क्लेभ’मा ७ हजार बढी विद्यार्थी सहभागी

काठमाडौं : अध्ययनका लागि यूके, अष्ट्रेलिया, यूएसए तथा क्यानडा जाने विद्यार्थीहरुलाई सम्बन्धित देशका उत्कृष्ट कलेज, युनिभर्सिटी तथा शैक्षिक संस्थाबारे जानकारी गराउने उद्देश्यले राइटपाथ करिअर काउन्सिलिङले आयोजना गरेको ‘ग्राण्ड एजुकेसन कन्क्लेभ २०२४’ सम्पन्न भएको छ। 

गत वैशाख २९ गते काठमाडौंबाट सुरू भएको एजुकेसन कनक्लेभ  मंगलबार ललितपुरको कुमारीपाटी शाखामा सम्पन्न भएको संस्थाका सीइओ फिलिप डीसीले जानकारी दिए। 

समापनका दिन काठमाडौंमा संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा ग्राण्ड एजुकेसन कन्क्लेभमा ७ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी भएर आवश्यक जानकारी लिएको डीसीले बताए। 

उनले भने, ‘पहिलो दिन काठमाडौंमा जस्तै आज अन्तिम दिनसम्म ललितपुरको आफ्नै प्रांगणमा आइपुग्दा विद्यार्थी भाइबहिनीमा चाहेर वा बाध्यताले उच्चशिक्षा हासिल गर्न जाने चाहना र रुची बढ्दो देखिन्छ। हाम्रो यस ग्राण्ड एजुकेसन कन्क्लेभमा ७ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी भए।’ 

यस कन्क्लेभमा विभिन्न देशका विभिन्न विश्वविद्यालयको स्कलरसिपदेखि आर्ईल्ट्स गर्ने विद्यार्थीलाई पढ्ने अवसर समेत प्रदान गरेको उनको भनाइ छ। 

जेठ ९, २०८१ बुधबार १९:२१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।