जाहेरीपछि अमेरिका लुकेका सन्दीपले वर्ल्ड कप खेल्न भिसा पाएनन्

जाहेरीपछि अमेरिका लुकेका सन्दीपले वर्ल्ड कप खेल्न भिसा पाएनन्

काठमाडौँ : बलात्कार अभियोगमा उच्च अदालतबाट सफाइ पाएपछि विश्वकप टी-२० खेल्न अमेरिका जान लागेका सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ।

उनले बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि क्रिकेट एसोसिएसन अफ नेपालले निलम्बन फुकुवा गर्दै टिममा सहभागी गराएको थियो।

उनी टी–२० विश्वकप खेल्न अमेरिका जान भिसाको आवेदन दिएका उनलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिएन। आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा विश्वकप क्रिकेट हुन गइरहेको छ। त्यसको लागि नेपाली क्रिकेट टोली त्यहाँ पुगिसकेको छ।

लामिछानेविरुद्ध नेपालमा नाबालिग बलात्कारको जाहेरीको बेलामा नेपाल बाहिर रहेका लामिछाने नेपाल आउने भनेर अमेरिकामा एक महिना लुकेका थिए। इन्टरपोलबाट नोटिस जारी भएपछि उनी नेपाल आएका थिए।

जेठ ९, २०८१ बुधबार १७:३६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।