सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं:  जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता किर्ते आरोपमा तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। 

मंगलबार पक्राउ परेका सिरोहियामाथि अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्न प्रहरीले बुधवार अदालतमा पेस गरेको थियो। अदालतले पहिलो पटक  तीन दिन थुनामा राख्न अनुमति दिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले भने अनुसन्धानको लागि पाँच दिन म्याद थप गर्न अदालतसँग माग गरेको थियो ।

न्यायाधीश चूडामणि खड्काको इजलासले बुधवार दुवै पक्षको बहस सुनेपछि तीन दिन थुनामा राख्न अनुमति दिएका हुन्।

सिरोहियामाथि नागरिकता किर्तेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो।

 

जेठ ९, २०८१ बुधबार १६:४०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।