कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ : कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नागरिकताको विषयमा जिल्ला अदालत धनुषाले उनी विरुद्ध पक्राउ पुर्जीका लागि प्रहरीलाई अनुमति दिएको हो।

सिरोहियाको नागरिकतामाथी प्रश्न उठाउदै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो। प्रहरीले पक्राउ पुर्जी जारी नगरी सिरोहिया अदालत गएका थिए। रिट विचाराधिन छ।

सिरोहियाको नागरिकताबारे उकेराले प्रमाणसहित समाचार प्रकाशित गरिरहेको छ।  उकेरालाई प्राप्त प्रमाणमा सिरोहियाले कम्पनीपिच्छे अलग अलग नटगरिकता नम्बर प्रयोग गरेको खुलेको थियो।

उनको बाबू घासिराम माडवारी अंगिकृत नागरिक भए पनि सिरोहियाले भने वंशजको नागरिकता लिएको उकेराले पाएको प्रमाणले पुष्टि गर्छ।

उनले धनुषाबाट निकालेको नागरिकता नम्बरको थप प्रमाण फेला पर्न सकेको छैन। कान्तिपुर पब्लिकेशन्स प्राली, कान्तिपुर टेलिभिजन प्रालीमा उनले प्रयोग गरेको नागरिकता नम्बर भने फरक छ।

जेठ ८, २०८१ मंगलबार १२:४५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।