सहकारी कार्यादेश तोक्ने समितिको बैठक बस्यो

सहकारी कार्यादेश तोक्ने समितिको बैठक बस्यो

काठमाडौँ : सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको छ।

कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा बसेको बैठकमा एमाले, रास्वपा र कांग्रेसका प्रतिनिधि संलग्न छन्। सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति बनाउन कांग्रेसले माग राख्दै आएको छ।

सत्तापक्षका नेताहरू समिति गठनमा सहमत भए पनि लामिछानेको नाम तोक्न सहमत भएका छैनन्। उता कांग्रेसले लामिछाने र उनी जोडिएको सहकारीसँगै गोर्खा मिडिया समेत तोक्नुपर्ने पक्षमा छ।

जेठ ८, २०८१ मंगलबार ११:२५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।