महाधिवेशन प्रतिनिधि निर्वाचन गर्न जसपा नेपालद्वारा प्रदेश निर्वाचन समिति गठन

महाधिवेशन प्रतिनिधि निर्वाचन गर्न जसपा नेपालद्वारा प्रदेश निर्वाचन समिति गठन

काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गर्न सातै प्रदेश समितिमा प्रदेश निर्वाचन तदर्थ समिति गठन गरेको छ।

केन्द्रीय निर्वाचन तदर्थ समितिले प्रत्येक प्रदेशमा ३ सदस्यीय समिति हुने गरी प्रदेश निर्वाचन तदर्थ समिति गठन गरेको छ।

केन्द्रीय निर्वाचन तदर्थ समितिले कोशी प्रदेश निर्वाचन समितिको संयोजकमा राजकुमार राजवंशी, मधेश प्रदेशमा सन्तोष साह बागमती प्रदेशमा विमल विश्वकर्मा र गण्डकी प्रदेशमा कमल थापालाई प्रदेश निर्वाचन समितिको संयोजक तोकेको छ।

त्यसैगरी लुम्बिनी प्रदेश निर्वाचन समितिको संयोजक सुधाकर मिश्रा, कर्णालीमा फत्ते सोती र सुदूरपश्चिम प्रदेश निर्वाचन समितिको संयोजकमा दानसिंह जोशी चयन भएका छन्।

केन्द्रीय निर्वाचन समितिले हरेक जिल्लामा जिल्ला निर्वाचन अधिकृत समेत खटाएको छ। पार्टीको महाधिवेशनको कार्यतालिकाअनुसार जेठ १० गतेसम्म प्रतिनिधि निर्वाचन गरी सक्नुपर्नेछ।

जेठ ८, २०८१ मंगलबार ०७:२३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।