सभामुखको बचाउमा कानुनमन्त्री : संसद बैठक चलाउन सभामुखसँग अर्को विकल्प थियो र ?

सभामुखको बचाउमा कानुनमन्त्री : संसद बैठक चलाउन सभामुखसँग अर्को विकल्प थियो र ?
फाइल

काठमाडौं : सभामुख देवराज घिमिरे 'अमुक पार्टीको कार्यकर्ता बनिरहेको' भन्ने आलोचना भइरहेको बेला कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले त्यसको बचाउ गरेका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री गिरीले आजको प्रतिनिधि सभा बैठक चलाउन सभामुखसँग अर्को विकल्प नभएको बताए। सभामुखले प्रमुख प्रतिपक्ष लगायतका दलहरूको अवरोधबिना बैठक सञ्चालन गर्नका लागि अन्तिमसम्म प्रयास गरेको उनको भनाइ छ। 

सोमबारको प्रतिनिधि सभा बैठक चलाउन सभामुखसँग अर्को विकल्प नभएको बताए।

'...सत्तापक्षसँग के विकल्प थियो र? सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ, अनि विश्वासको मत पनि लिन नपाउने?, उनले सोधे। 

मन्त्री गिरीले संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउनका लागि कार्यदलको बैठक भोलि बस्ने पनि बताए। 
 

जेठ ७, २०८१ सोमबार १६:१६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।