संसद्मा अवरोधकाबीच विश्वासको मत माग्दै प्रचण्डले भने’ यो व्यवहार कांग्रेसका लागि चर्को पर्नेछ

संसद्मा अवरोधकाबीच विश्वासको मत माग्दै प्रचण्डले भने’ यो व्यवहार कांग्रेसका लागि चर्को पर्नेछ

काठमाडौँ : विश्वासको मत माग्ने आफ्नो प्रस्तावलाई सहज रूपमा अगाडि बढ्न नदिई अवरोध गरेकोमा रिसाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रिसाउँदै ‘ यो व्यवहार नेपाली कांग्रेसका लागि चर्को मूल्य पर्ने चेतावनी दिएका छन्।

उनले कांग्रेसलाई पटक-पटक साथ दिँदै आएको प्रधानमन्त्रीलाई संविधान अनुसार विश्वासको मत लिन अवरोध गरेको भन्दै काङ्ग्रेसप्रति आक्रामक बनेका थिए। उनले संसद्मा उठेको प्रश्नको जवाफ दिने भन्दै छोटो मन्तव्य राखेका थिए।

उनले कांग्रेसका लागि यो व्यवहारमा इतिहासमा कलङ्कको रूपमा स्थापित हुने भन्दै आफ्नो सम्बोधन सकाएका थिए। तल कांग्रेससहितका प्रतिपक्षी दलका सांसदहरू बेल घेराउमै रहेको बेलामा सभामुख देवराज घिमिरेले पेलेरै विश्वासको मत लिने प्रक्रिया अगाडि बढाएका थिए।

अहिले संसदमा विश्वासको प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन भइरहेको छ भने प्रतिपक्षी दलका सांसदहरुले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिती गठनको माग राख्दै नाराबाजी गरिरहेका छन्।

जेठ ७, २०८१ सोमबार १३:०१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।