‘जिम्नी रारा एडभेन्चर: अ राईड विथ अ कज’ सकियो
काठमाडौं : नेपालका लागि सुजुकी ब्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकोर्प तथा सीजी नेस्क्टजेनले जिमी रारा एडभेन्चर ‘अ राइड विथ अ कज’ सम्पन्न गरेको छ।
जिम्नी मालिकहरूले जिम्नीको वास्तविक क्षमता पत्ता लगाउन सकुन भन्ने उद्देश्यले यो राइड गरिएको कम्पनीले जनाएको छ। वैशाख २३ देखि २९ सम्म सम्पन्न भएको सो राइड बुटवल, सुर्खेत, कालिकोट, रारा, जुम्ला हुँदै सुर्खेतमा सम्पन्न भएको थियो।
बुटवलबाट सुरु भएको रारा एडभेन्चर राईडमा मारुती सुजुकी इंडिया लिमिटेडका डिभिजनल म्यानेजर अनिल सैनीले जिम्नीका पाँच दशकभन्दा लामो बिरासत र यसको अफ रोडिंग क्षमताको बारे थप प्रकाश पार्नुको साथै विश्वभरी नै जिम्नी एउटा लाइफ स्टाइल एसयूभीको रूपमा निकै लोकप्रिय भएको दाबी गरे।
९० भन्दा धेरै देशहरूमा लन्च भएको जिम्नी ३० हजार भन्दा धेरै युनिट बिक्री भइसकेको उनले जानकारी दिए।
राइडमा १० वोटा जिम्नीले सहभागिता जनाएका थिए। राइडलाई अर्थपूर्ण बनाउन १३५ विद्यार्थी अध्ययनरत कालिकोटको सरस्वती आधारभूत विद्यालयलाई मुलपानी–८ का वडाध्यक्ष लालबहादुर विष्टको उपस्थितिमा दुई लाख रुपैयाँ सहयोग गरिएको थियो।
राइडमा सहभागी एक जिम्नी ग्राहक शिव श्रेष्ठले रारा जाने इच्छाका साथै जिम्नीको राइड परीक्षण गर्न पाउँदा एकदमै खुसी लागेको बताए।
कार्यक्रम बारे बोल्दै सीजी मोटोकोर्प तथा सीजी नेक्स्टजेनका महाप्रबन्धक सिरज पन्तले अफ रोडिङ जिम्नीको मुख्य विशेषता भएको भन्दै ग्राहकहरूमार्फत नै क्षमता परीक्षण गराउन पाउँदा खुसी लागेको बताए।
जेठ ७, २०८१ सोमबार ११:४९:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।