सुनको मूल्य इतिहासकै उच्च, फेरि बढ्यो ९ सय रुपैयाँ
काठमाडौं : सुनको मूल्य इतिहासकै उच्च भएको छ।
आइतबारको तुलनामा सोमबार नौ सय रुपैयाँ बढेसँगै सुनको मूल्य इतिहासकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको छ।
तेजाबी सुन तोलाको १ लाख ४१ हजार १ सय रुपैयाँ कायम हुँदा चाँदी पनि तोलाको ३० रुपैयाँले बढेर १ हजार ९४० रुपैयाँ पुग्यो।
यसअघि आइतबार सुनको मूल्यले इतिहासकै उच्च भएको थियो। आइतबार छापावाल सुन तोलाको १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
जेठ ७, २०८१ सोमबार ११:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।