कांंग्रेस नआएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेन

कांंग्रेस नआएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेन
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका प्रतिनिधि नआएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन।

संसद बैठकको कार्यसूची तय गर्न सभामुख देवराज घिमिरेले सोबार विहान १० बजे कार्यव्यस्था समितिको बैठक बोलाए पनि कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरू नआएपछि बैठक बस्न नसकेको हो।

नेपाली कांग्रेसको संसदीय दलको बैठकका कारण कार्यव्यवस्था परामर्श समितिको बैठक प्रभावित भएको छ। नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहान सवा १० बजेदेखि जारी छ।

आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने सम्भावित कार्यसूची छ।

तर, नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठन नभए संसद अवरोध गर्ने चेतावनी दिएको छ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि तय भएको छ।

जेठ ७, २०८१ सोमबार १०:४८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।