लक्ष्मी सन्राइज बैंकद्वारा विराटनगरमा शाखा स्थानान्तरण गरेर सेवा विस्तार
काठमाडौं : लक्ष्मी सन्राइज बैंकले विराटनगरमा शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ।
विराटनगर महानगरपालिका-७ स्थित हनुमान दास रोडमा रहेका दुई शाखामध्ये एउटा शाखा पाँच किलोमिटर उत्तरतर्फ सोही महानगरपालिकाको वडा नम्बर ३ स्थित पुष्पलाल चोकमा स्थानतरण गरिएको हो।
स्थानतरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सकिने बैंकले जनाएको छ।
स्थानान्तरण भएसँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। स्थानतरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरू प्रदान गर्नेछ।
साथै, ग्राहकलाई थप व्यवस्थित र समुचित सेवा प्रदान गर्न भन्दै बैंकले बिर्तामोडमा रहेका आफ्ना २ वटा शाखा गाभेर साविक सन्राइज बैंकको स्थान- भद्रपुर लाईन, बिर्तामोड नगरपालिका–४, झापाबाट संयुक्त कारोबार सुरु गरेको छ।
त्यसैगरी, चितवन जिल्ला स्थित भरतपुरको हाकिमचोकमा रहेका २ वटा शाखा पनि गाभिई साविकको लक्ष्मी बैंकको स्थान - हाकिमचोक, भरतपुर महानगरपालिका–१० बाट ग्राहकलाई सेवा प्रदान गरेको बैंकले जनाएको छ।
हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५६ शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३० शाखारहित बैंकिङ एजेन्ट छन्।
जेठ ७, २०८१ सोमबार १०:०९:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।