सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं : प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। संसद् भवन बानेश्वरमा बिहान १० बजे बस्ने बैठकमा सभामुख घिमिरेले बैठक सञ्चालनका विषयमा छलफल गर्न लागेका हुन्।

आजको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गर्दै आएको छ।

संसदीय समिति गठनका विषयमा सत्तापक्ष र विपक्षबीच सहमतिको प्रयास भएपनि सहमति हुन सकेको छैन।

जेठ ७, २०८१ सोमबार ०८:४०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।