काठमाडौंमा उपत्यकाका केही स्थानमा विहानैदेखि वर्षा, कोशी, मधेश र बागमतीमा दिउँसो भारी वर्षा हुने

काठमाडौंमा उपत्यकाका केही स्थानमा विहानैदेखि वर्षा, कोशी, मधेश र बागमतीमा दिउँसो भारी वर्षा हुने

काठमाडौं : नेपालमा आज पनि स्थानीय वायु र पश्चिमी वायु सक्रिय छ। काठमाडौं उपत्यकाका केही स्थानमा विहानैदेखि वर्षा जारी छ।

आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज कोशी, मधेश र बाग्मती प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

जेठ ७, २०८१ सोमबार ०७:२४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।