यी स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना

यी स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं : आज पनि देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ।

जसकारण अहिले बिहान कोशी, मधेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। 

कोशी प्रदेशको केही  स्थानहरू र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा समेत भइरहेको छ। 

आइतबार दिउँसो कोशी र गण्डकी प्रदेशको केही बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जेठ ६, २०८१ आइतबार ०६:५२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।