मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते

मकवानपुर : जिल्लाको बकैया गाउँपालिका-१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

दुर्घटनामा रौतहटको मौलापुर नगरपालिका-६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका-१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन्।

ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको टाटा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो।

दुर्घटनामा बाराको निजगढ नगरपालिका-६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते भएका छन्। उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।

जेठ ५, २०८१ शनिबार १३:०९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।