ट्रकको ठक्करबाट गजुरीमा एक जनाको मृत्यु, अर्का एक गम्भीर घाइते

ट्रकको ठक्करबाट गजुरीमा एक जनाको मृत्यु, अर्का एक गम्भीर घाइते

गजुरी : काठमाडौंबाट हेटौंडा जाँदै गरेको ट्रकको ठक्करबाट धादिङमा एक मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।

शुक्रबार दिउँसो तीन बजे ना.६ ख २९२० नम्बरको ट्रक काट्दै गरेको प्रदेश ०३-०२-००६ प २५८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार जिल्ला धादिङ सिद्वलेख गाउँपालिका-६ बस्ने २० वर्षीय सनि घलेको मृत्यु भएको हो।

उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएकोमा सवा तीन बजे उनको त्यहिँ मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव अहिले प्राथिमक स्वाथ्य केन्द्र, गजुरीमै छ।

यस्दै दुर्घटनामा गजुरी गाउँपालिका-१ सुन्दर गाँउ बस्ने १५ वर्षीय सुविन बराइली घाइते भएका छन्। शरीरको विभिन्न भागमा चोट लागेर अवस्था गम्भीर भएपछि थप उपचारका काठमाडौं पठाइएका उनको मेडिसिटि अस्पतालमा उपचाचर भइरहेको छ।

मोटरसाइकल चालक को हो भन्नेबारेमा खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनापछि साँझ पौने छ बजे मृतक तथा घाइतेको ५०/६० जना आफन्तहरू गजुरी बजारमा एम्बुलेन्स बाहेक अन्य सवारी साधन बन्द गरेका थिए।

राति ८ बजे प्रहरीले लाठी चार्ज गरी बाटो दुई तर्फी सुचारू गराएको थियो। घटनापछि प्रहरीले ट्रक र मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ का ट्रक चालक २६ वर्षीय मनोज लामालाई नियन्त्रणमा लिएको छ।

जेठ ५, २०८१ शनिबार १०:३९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।