आईपीएल : आफ्नो अन्तिम खेलमा लखनउसँग १८ रनले हार्यो मुम्बई
काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएलको आफ्नो अन्तिम खेलमा मुम्बई इन्डियन्स पराजित भएको छ।
शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा लखनउ सुपर जायन्ट्ससँग मुम्बई १८ रनले पराजित भएको हो। टस हारेर पहिला ब्याटिङमा तानिएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१४ रन बनायो।
उसका लागि निकोलस पुरनले २९ बलमा पाँच चौका र ८ छक्काको मद्दतमा ७५ रनको विस्फोटक पारी खेले।
कप्तान केएल राहुल ५५, मार्कस स्टोयनियस २८ रन बनाएर आउट हुँदा आयुष बडोनी २२ र क्रुणाल पाण्ड्या १२ रनमा नटआउट भए।
मुम्बईका नुवान थुसारा र पियुस चावलाले तीन-तीन विकेट लिए।
२१५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९६ रन मात्र बनाउन सक्यो। उसका लागि रोहित शर्माले ३८ बलमा दश चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ६८ रन बनाए।
त्यसअलावा डेवाल्ड ब्रेभिज २३, इसान किसान १४, हार्दिक पाण्ड्या १६ रनमा आउट हुँदा नमन धिरले २८ बलमा चार चौका र पाँच छक्काको मद्दतमा ६२ रनको विस्फोटक पारी खेले। यद्यपि त्यो जितका लागि पर्याप्त हुन सकेन।
यसअघि नै मुम्बई प्लेअफबाट बाहिरिएको थियो भने झिनो सम्भावना भएको लखनउ पनि प्रतियोगिताबाट बाहिरिएको छ।
जेठ ५, २०८१ शनिबार ०७:१६:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।