चीनले युरोप र रुससँगै एकै समयमा राम्राे सम्बन्ध राख्नै नसक्ने अमेरिकी टिप्पणी

चीनले युरोप र रुससँगै एकै समयमा राम्राे सम्बन्ध राख्नै नसक्ने अमेरिकी टिप्पणी

एजेन्सी : अमेरिकाले चीनले युरोप र रुससँग एकै समयमा राम्रो सम्बन्ध राख्न नसक्ने बताएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने चीन भ्रमणमा रहेका बेला रुसी राष्ट्रपतिले हिजो चिनियाँ राष्ट्रपतिलाई भेटेका बेला अमेरिकाको यो भनाइ आएको हो।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेललाई रुस र चीनबीचको सम्बन्धबारे प्रश्न सोधिएको थियो।

जसको जवाफमा पटेलले भने, ‘चीन दुवैतर्फ हुनै सक्दैन। एकातिर चीनले युरोपसँग राम्रो सम्बन्ध राखेको छ भने अर्कोतर्फ रुससँग सहकार्य गरिरहेको छ। रुस युरोपको सुरक्षाका लागि सबैभन्दा ठूलो खतरा हो।’

उनले थपे, ‘चीनले युक्रेनसँगको युद्धमा रुसलाई सहयोग गरिरहेको छ। हामीले यो विषय उठाउँदै आएका छौँ, आलोचना पनि गरेका छौँ।’

यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले युक्रेन र रुसबीच जारी युद्धको राजनीतिक समाधान खोज्नुपर्ने बताएका छन्।

सी जिनपिङले पुटिनसँगको भेटमा सो कुरा बताएका हुन्।

जेठ ४, २०८१ शुक्रबार १३:२३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।