वर्षाले खेल रद्द भएपछि आईपीएलको प्लेअफमा पुग्यो हैदरावाद
एजेन्सी : सनराईजर्स हैदरावाद जारी इंडियन प्रिमियर लिग (आईपिएल)को प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ।
गुजरात टाइटन्स विरुद्धको बिहीबारको खेल वर्षाका कारण टस नै नभई रद्द भएपछि हैदरावाद प्लेअफमा पुगेको हो।
तेस्रो स्थानमा रहेको हैदरावाद १३ खेलमा १५ अंक भएको छ। दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको १३ खेलमा १६ अंक रहेको छ।
यी दुई टोली शीर्ष दुईमा रहँदै फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने दाउमा रहेका छन्।
कोलकात्ता यसअघि नै १३ खेलमा १९ अंक सहित शीर्ष दुईमा रहने पक्का भइसकेको छ।
उता गुजरात भने यस खेल अघि नै बाहिरिसकेको थियो। गुजरातले १४ खेलमा १२ अंक बटुल्दै यस सिजनको समाप्ति गरेको छ।
आईपीएलमा शुक्रबार हुने खेलमा मुम्बई इंडियन्स र लखनउ सुपर जाएन्ट्स भिड्ने छन्।
लखनउको प्लेअफ सम्भावना झिनो भएपनि कायमै रहेको छ भने मुम्बई भने बाहिरिसकेको छ।
जेठ ४, २०८१ शुक्रबार ०८:०२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।