महिला सशक्तीकरणका लागि लक्ष्मी सन्राईज बैंकको 'शिक्षित लक्ष्मी' पहल
काठमाडौं : महिला सशक्तीकरण प्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सन्राईज बैंकले 'शिक्षित लक्ष्मी' पहलको थालनी गरेको छ।
बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाई एउटै छाताभित्र ल्याएको हो।
यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरुलाई राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेको बताइएको छ।
यस अन्तर्गत आगामी ७ वर्षमा कूल ३५ लाख रकम प्रदान गर्ने गरी बैंकले हालै समता एजुकेशन ट्रस्टसँग समझदारी गरेको छ। सो रकमले देशभरीका समता स्कूलमा अध्ययनरत सामाजिक र आर्थिक रूपमा विपन्न छात्राहरूले वार्षिक रूपमा छात्रवृत्ति प्राप्त गर्नेछन्।
त्यस्तै, बैंकले आगामी ५ वर्षसम्ममा १ करोडको छात्रवृत्ति कोष स्थापना गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको छ। सो कोष मार्फत सोही विश्वविद्यालयबाट विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयहरूमा स्नातकोत्तर वा विद्यावारिधि गर्न चाहने योग्य तथा आर्थिक रूपमा विपन्न महिलाहरूले छात्रवृत्ति प्राप्त गर्नेछन्।
यस छात्रवृत्ति मार्फत २०२४ ब्याचका इरादा सुवेदी (एमइ स्ट्रकचरल इन्जिनियरिङ) र सुनेना न्याछ्योँ (एमएससीइएस) अध्ययनरत रहेको बैंकले बताएको छ।
जेठ ३, २०८१ बिहीबार २१:०३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।