प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै २२ औं अनशन बसेका थिए, कसैले वास्ता नगरेपछि तोडे

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै २२ औं अनशन बसेका थिए, कसैले वास्ता नगरेपछि तोडे

काठमाडौं : डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन्। 

उनले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बिहीबार पत्रकार सम्मेलन गरी अनशन स्थगित भएको जानकारी दिए। 

उनले यसपटकको अनसनमा मुलत: सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने भन्दै प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तत्काल राजीनामा माग गरेका थिए। तर, प्रधानमन्त्री प्रचण्डले उनको मागलाई बेवास्ता गरिदिए। 

यसअघि दशौंँ पटकको अनसनसम्म स्वास्थ्य क्षेत्र सुधारका निम्ति उनले गरेका सत्याग्रहमा ठूलो संख्यामा मानिसहरूले साथ दिँदै आएका थिए। यसपटकको भने सत्याग्रह स्थल सुनसान रह्यो।

तथापि पत्रकार सम्मेलनमा केसीले आफूसँग विगतमा सरकारले गरेका सम्झौता कार्यान्वयन गराउन दबाब दिने उद्देश्यले यो अनसन सुरू गरेको बताए। 

उनले सबै नेपालीलाई निःशुल्क औषधी–उपचारको व्यवस्था गर्नुपर्ने, यसअघि गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने विषयमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने, कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने थप चारबुँदे माग राखेर पाँच दिनदेखि अनशनमा बसेका थिए।  

जेठ ३, २०८१ बिहीबार १७:५४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।