जग्गाको विषयमा विवाद हुँदा कोदालोको प्रहारबाट सँधियारको हत्या

जग्गाको विषयमा विवाद हुँदा कोदालोको प्रहारबाट सँधियारको हत्या

काठमाडौं : सिरहामा ५३ वर्षीय पुरुषको हत्या भएको छ। 

अर्नमा गाउँपालिका- २ ब्रहमपुरीमा स्थानीय  बुधराम महतोको कोदालो प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ। 

बिहीबार बिहान जग्गाको विषयमा विवाद हुँदा सँधियारले बुधराममाथि कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए।

हत्या आरोपितको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

जेठ ३, २०८१ बिहीबार १७:३१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।