कांग्रेसको अवरोधपछि ६ मिनेटमै स्थगित भयो राष्ट्रिय सभा बैठक

कांग्रेसको अवरोधपछि ६ मिनेटमै स्थगित भयो राष्ट्रिय सभा बैठक

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ। 

कांग्रेसले सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछाने दोषी रहेको भन्दै संसदीय छानबिन समितिको गठन गर्न माग गरिरहेको छ। उसले समिति माग गर्दै निरन्तर संघीय संसद्को दुवै सदन अवरोध गर्दै आएको छ। 

समिति नबनेसम्म बैठक अघि बढ्न नदिने अडान कांग्रेसको छ। सोही कारण आजको बैठक पनि ६ मिनेटमै स्थगन भएको हो। बिहीबारको बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरू आसनबाट उठेर विरोध गरेका थिए। 

सदन अवरोध भएसँगै अर्को बैठक भोलि १ बजेर १५ मिनेटका लागि बोलाइएको छ । 

जेठ ३, २०८१ बिहीबार १७:०८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।