नेपालमा विद्युतीय सवारी साधनको प्रमोशन गर्नुपर्छ : कुलमान घिसिङ

नेपालमा विद्युतीय सवारी साधनको प्रमोशन गर्नुपर्छ : कुलमान घिसिङ

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ले नेपालमा विद्युतीय सवारी साधनले एकदमै राम्रो पिकअप लिएको बताएका छन्।

बिहीबार प्रि-बजेटको छलफल कार्यक्रममा उनले विद्युतीय सवारी साधनले नेपालमा राम्रो प्रमोशन गरेको भन्दै यसप्रति विशेष ध्यान दिनुपर्ने बताए।

उनले भने, ‘भन्सारलगायतका विषयहरू छन् त्यसमा सहजीकरण हुन्छ नै भन्ने मलाई लाग्छ। धेरै विषयमा हामी आन्तरिक रूपमा छलफल नै गरिरहेका छौँ।’

‘राजस्वको विषयले गर्दा विद्युतीय सवारी साधनमा जुन हिसाबले प्रमोशन भइरहेको छ। यसमा विशेष विद्युतीय सवारी साधनको प्रमोशनका कारण राम्रो पिकअप लिएको छ। नेपालमा ग्रिन इनर्जीलाई यसले सपोर्ट ध्यान दिनुपर्छ जस्तो लाग्छ। नेपालमा गरेको छ’, उनले थपे।

यस्तै, उनले नेपालमा उर्जा क्षेत्रमा सबैभन्दा महत्वपूर्ण भूमिका नीजि क्षेत्रको रहेको पनि बताए।

उनले भने, ‘हामीले २८ हजार मेघावाट विद्युतको लक्ष्य राखेका छौँ। त्यो पुरा गर्नको लागि निजी क्षेत्र नै हो नेपालमा अहिलेको ऊर्जा क्षेत्रमा सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको छ। तपाईंहरूलाई सहजीकरण गर्न हामी सधैँ तयार छौँ।’

अर्बौं रुपैयाँ वनलाई क्षतिपूर्ति दिएर वन कटानीको सहमति लिनुपर्नेलगायत विभिन्न किसिमका ठाँउमा धेरै लगानी गर्दा खर्च धेरै भएको भन्दै जसरी भए पनि उत्पादन खर्च घटाउनुपर्ने पनि उनको भनाइ छ।

जेठ ३, २०८१ बिहीबार १३:१३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।