सुजल डेरीको रस बदाम ड्रिङ्क बजारमा

सुजल डेरीको रस बदाम ड्रिङ्क बजारमा

काठमाडौं : सुजल डेरी रस बदाम ड्रिङ्क बजारमा ल्याएको छ।

बदाम ड्रिङ्कमा क्यालिफोर्नियन आलमोन्ड्स, आयातित केसर र पोखरा वरिपरिबाट संकलन भएको दूध प्रयोग भएकाले गुणस्तर र स्वादमा सर्वोत्कृष्ट हुने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार अन्तर्राष्ट्रिय स्तरको अटोमेटेड मेसिनबाट उत्पादित ड्रिङ्कमा आलमन्ड्सको स्वाद, केसरको गुडनेस र दूधको तागतले उपभोक्तालाई ताजकी प्रदान गर्छ।

वर्तमान समयको जिवनशैली एकदमै छिटो बन्दै गैरहेको अवस्थामा निरन्तर अघि बढ्न शरीरलाई चाहिने ऊर्जा दिन यसले मद्दत गर्ने कम्पनीको दाबी छ।

रस बदाम ड्रिङ्कको १८० मिलिलिटर क्यान एक सय रुपैयाँमा बजारमा उपलब्ध छ।

जेठ ३, २०८१ बिहीबार ११:४७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।