कोशी, बागमती र कर्णालीमा पानी पर्ने सम्भावना

कोशी, बागमती र कर्णालीमा पानी पर्ने सम्भावना

काठमाडौं : आज देशका केही भू-भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोशी र मधेश प्रदेशसहित पहाडी भू-भागमा आंशिक बदली भएको छ भने बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा छ।

विभागका अनुसार दिउँसो कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

आज कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ।

जेठ ३, २०८१ बिहीबार ०७:२८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।