एसबिआई बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट

एसबिआई बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट

काठमाडौँ : नेपाल एसबिआई बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ। 

सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पन्डा र वन्डर्स नेपालका प्रमुख कार्यकारी अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका थिए। 

उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत रितेश अर्याल, बागमति प्रदेशका प्रमुख बिनोद कुमार ढुंगेल र बैंक तथा वन्डर्स नेपालका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको बैंकले जनाएको छ। 

जेठ २, २०८१ बुधबार २०:५८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।