लक्ष्मी मोटरद्वारा सञ्चारकर्मीहरूलाई ह्युण्डाई मोटर अस्सेम्ब्ली प्लान्टमा भ्रमण

लक्ष्मी मोटरद्वारा सञ्चारकर्मीहरूलाई ह्युण्डाई मोटर अस्सेम्ब्ली प्लान्टमा भ्रमण

काठमाडौँ : लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी) ले राष्ट्रिय तथा क्षेत्रीय सञ्चारकर्मीहरूलाई आमन्त्रण गरि नेपालमै निर्मित ह्युण्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ l 

गत शनिबार परासीस्थित रामग्राम गरिएको सो कार्यक्रममा ६५ भन्दा बढी सञ्चारकर्मीहरूले सहभागिता जनाएका थिए। 

उक्त कार्यक्रममा सञ्चारकर्मीहरूलाई प्लान्टको भ्रमण गराउनुका साथै प्राविधिकहरूद्वारा एसेम्बली प्रक्रिया सम्बन्धी सम्पूर्ण जानकारी गराइएको कम्पनीले जनाएको छ। 
 
त्यसअघि प्रधानमन्त्री  पुष्पकमल दाहालको उपस्थितिमा भएको उद्घाटन समारोहमा लक्ष्मी मोटर कोर्पोरेसनले वर्गको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै सुलभ र पहुँचयोग्य ह्युण्डाई सवारी साधनहरुको उत्पादन समर्पित कार्यक्रम आयोजना गरिएको थियो। 

जेठ २, २०८१ बुधबार २०:४८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।